Logo
Logo

तालिबानलाई राष्ट्रसंघले भन्यो- महिलाले उच्च शिक्षा लिन नपाउने निर्णय सच्याउनू


65
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले महिलाले उच्च शिक्षा लिन नपाउने निर्णय सच्याउन तालिवालाई आग्रह गरेको छ ।

तालिबान सरकारले त्यहाँका महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला युएन वुमनका कार्यकारी निर्देशक सीमा बहाउसले सो निर्णय सच्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्- ‘अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ ।’

तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता तालिबान सरकारले महिलाले उच्च शिक्षा गर्न नपाउने निर्णय गरेको बताएका थिए । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भइरहेको छ ।

मङ्गलबार मात्र पनि अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले यस्तो निर्णय देशको हितमा नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै नै दुःखद भएको धारणा व्यक्त गरेका छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्