Logo
Logo

नाइजेरियामा बोको हरामका एक सय ३ जना लडाकु मारिए


104
Shares

एजेन्सी । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाकु मारिएका छन् ।

गएका तीन हप्ता यता नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय ३ जना अतिवादी मारिएको त्यहाँका सैनिक अधिकारीले बताएका छन् ।

केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकुहरुले पछिल्लो समयमा नाइजेरियाका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।

सो क्रममा सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले जानकारी दिएका छन् । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरूमा पनि उनीहरूले आगजनी गर्ने गरेका थिए ।

बोको हराम आतङ्ककारी समूहका कारण नाइजेरियामा हजारौँ नागरिकदे ज्यान गुमाएका छन् भने उनीहरूको हत्या र आतङकका कारण दसौँ हजार नागरिक विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्