
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनबीच भएको छलफलमा कुरा नमिलेका संकेत देखिएको छ ।
छलफल चलिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् ।
पछिल्लो छलफलहरुमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रिपति दवै पद दाबी गरेका कारण गठबन्धनबीच कुरा मिल्न नसकेको हो ।
कांग्रेसँग कुरा नमिलेको अवस्थामा कांग्र्रेस बाहेकका गठबन्धनले एमालेसँग सहकार्य गर्ने सम्भावना रहेको छ । यसअघि दृष्टिन्यूजसँग कुरा गर्नै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेससँग कुरा नमिले एमालेसँग सहकार्य हुन्छ भनेका थिए ।
तर, सरकारका प्रवक्ता तथा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने केही बेरमा पुनः गबन्धनको बैठक बस्ने प्रतिकृया दिएका छन् ।
उनले भने– ‘केही समय ब्रके भएको हो । गठबन्धनको बैठक केही बेरमा बस्छ । देशमा गबन्धनको आवश्यकता छ । त्यसका लागि हामी तत्पर छौं ।’











