Logo
Logo

प्रधानमन्त्री बाहेकका पदको भागवण्डा बाँकी


9k
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएपनि अन्या पदहरुभो भागवण्डा बाँकी नै रहेको छ ।

माओवादी महासचिव देव गुरुङका अनुसार प्रधानमन्त्रीमा आलोपालो सरकार बनाउने र पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । तर, अन्य पदहरुका विषयमा छलफल हुनै बाँकी छ । राष्ट्रपति नेकपा एमालेलाई दिनु कुरा उठेपनि सहमती भइनसकेको महासचिव गुरुङले जानकारी दिए ।

आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ ।

बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्