Logo
Logo

४४औं प्रधानमन्त्रीको रूपमा सोमबार प्रचण्डले शपथ लिँदै


3.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।

सोमबार दिउँसो ४ बजे राष्ट्रपति कार्यालयका निवास शितल निवासमा शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रचण्डलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टी र स्वतन्त्रसहित प्रतिनिधिसभाका १६९ जना सांसदको समर्थन रहेको छ ।

प्रचण्ड नेपालको ४४औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्