Logo
Logo

पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक सुरु


3.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । दुई भन्दा धेरै दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले बैठकमा पार्टीबाट र अन्य पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल गर्ने एक नेताले बताए ।

१६९ सासंदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका अध्यक्ष प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपणियताको शपथ लिंदै छन् । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीलगायत स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्