Logo
Logo

वैकल्पिक शक्तिका रुपमा फोरम



धनुषा, २७ पुस ः उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र नेपाली काङ्ग्रेसको वैकल्पिक पार्टीका रुपमा अघि बढिरहेको दाबी गर्नुभएको छ । 



आज जनकपुरमा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले आफ्नो पार्टी वैकल्पिक शक्ति बनेको बताउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सङ्घीय सरकारमा गएको उल्लेख गर्नुभयो । वर्तमान संविधानका कतिपय धारामा हाम्रो विमति कायमै रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र र मौलिक हकजस्ता विषयवस्तुलाई संस्थागत गराउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचनाजस्ता विषयको लागि सङ्घर्ष गर्दै जानुनै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । 

मधेश क्रान्ति फोरम नेपालका संयोजक नवीनकुमार यादवको नेतृत्वमा करीब २०० र नेविसङ्घका गौतम यादवको नेतृत्वमा समेत करीब २०० युवा विद्यार्थी फोरम नेपाल प्रवेश गरेका हुन् । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाको बलिदानीले स्थापित प्रदेश नं २ को सरकार युवाकै भावनाअनुसार अघि बढिरहेको उल्लेख गर्नुभयो । 
(रासस)

प्रतिक्रिया दिनुहोस्