काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्डा तय गरेको छ ।

एमाले अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो भेटवार्तामा बिहीबार बस्न लागेको बैठकको एजेण्डा तय भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
बिहीबार बालुवाटारमा बस्ने सत्ता साझेदार दलबीचको बैठकमा मन्त्रालय बाँडफाँट, सरकारका नीति कार्यक्रम तथा प्राथमिकताबारे तय गर्ने बताइएको छ ।
साथै, प्रधानमन्त्री प्रचण्ड र ओलीबीच माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन भइरहेको प्रयास सकारात्मक छलफल भएको बताइएको छ ।














