Logo
Logo

महान्यायाधिवक्ता पोखरेलले लिए शपथ


1.6k
Shares

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (बिहीबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

अधिवक्ता पोखरेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहस गरेका थिए । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

प्रतिक्रिया दिनुहोस्