काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै छ ।

बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो ।
यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो ।
पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेको भनाइ छ । त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।












