Logo
Logo

आर्थिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले रिपोमार्फत ५० अर्ब रुपैयाँ प्रवाह गर्दै


1.1k
Shares

काठमाडौं । आर्थिक तरलता अभाव व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै ४५ दिने अवधिको सो रकम प्रवाह गर्न लागेको हो । सूचनामा जनाइएअनुसार ती रकम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा पठाइनेछ ।

आजैदेखि जारी भइ परिपक्व अवधि १९ माघसम्म रहने छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडसम्मको रकमका लागि बोलकबोल गर्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, दोस्रो त्रैमासिक अवधि सकिने समय रहेकाले पुस मसान्तसम्म करिब ४० अर्ब रुपैयाँ राजश्व सरकारी ढुकुटीमा जानेछ । ६० अर्ब रुपैयाँ बराबरको पुनकर्जाको अवधि समेत सकिन लागेकाले पुसमा तरलता समस्या हुन सक्ने विषयलाई मध्यनजर गर्दै रिपोमार्फत रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्