Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

नयाँ दल गठनदेखि कोरोनाको त्रासम्म


1.1k
Shares

१, सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने, न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य पठाउने तयारी ।


२, गत मंसिर चार गतेको निर्वाचनअघि एमाले छाडेका नेता प्रभु साहले गठन गरे आफ्नै नेतृत्वमा पार्टी, आज काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा, ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन, प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकियो ।


३, नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने एकीकृत समाजवादीको प्रयास, रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको अध्यक्ष माधवकुमार नेपालद्वारा जानकारी, घनश्याम सकारात्मक भएको माधवको बिफ्रिङ ।


४, प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न भारत तयार, दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीको भनाइ, दुई देश बीचमा गहिरो सम्बन्ध बनाउने अभिव्यक्ति ।


५, ट्राफिक प्रहरीले फेरि सुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान, प्रहरीहरु ‘मास्क खोइ ?’ लेखिएका सचेतनामुलक प्ले कार्डसहित सडकमा खटिन थाले, कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरको प्रहरीको भनाइ ।


६, स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने, नागरिकको अधिकार र मुलुकको समृद्धिका लागि नयाँ वैकल्पिक शक्तिहरूको एकतो सम्मेलन, ८२ वटा बैठक, छलफल र अन्तरक्रिया गर्दै एकता सम्मेलन गरिने ।


७, चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै, सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाएपछि नयाँ ‘मास प्रिन्टर’ खरिदका लागि प्रक्रिया अघि बढाइयो, चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया थालियो ।


८, विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द, तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी सुरु गरिएको सर्वेक्षण रोकियो, तथ्याङ्क विश्वास गर्नसक्ने अवस्था नदेखिएपर्छि निरन्तरता दिन नसकेको बैंकको भनाइ ।


९, राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्स आठ विकेटले पराजित, जितका लागि एक सय ३६ रनको चुनौती पछ्याएको पोखराले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो ।


१०, वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला, रुसद्वारा राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हमला, युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोद्वारा क्षेप्यास्त्र प्रहार, ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनी सैनिकको भनाइ ।

प्रतिक्रिया दिनुहोस्