Logo
Logo

सशस्त्र प्रहरीका थप सुविधाः पिटी जुत्तामा ट्रयाक्सुट र स्पोर्ट्स जुत्ता




काठमाडौं । सरकारले सशस्त्र प्रहरी कर्मचारीले पाउने सुविधा थपेको छ । जसअनुसार अब पिटी जुत्तामा ट्रयाक्सुट र स्पोर्ट्स जुत्ता पाउने भएका छन् ।


नेपाल सरकार गृहमन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिईएको अधिकार प्रयोग गर्दैै सो नियमावलीको संशोधन भएको हो । संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरुले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाक्सुट र स्पोर्ट्स जुत्ता थप गरिएको छ ।


त्यस्तै, प्रत्येक तीन÷तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए । नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुले पाउँदै आएको पोशाक तथा अन्य सामानहरुको सम्बन्धमा समेत संशोधन गरिएको छ ।


प्रत्येक वर्ष वितरण गर्ने भनिएपनि उनी कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएर रहेकोमा यसै वर्षदेखि खरिद प्रक्रिया सुरु भएको छ । अब कम्बल समेत नियमित रुपमा बितरण हुनेछ ।
सिनियर अधिकृतहरुले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरुलाई समेत उपलब्ध गराउने गरी संशोधन गरिएको छ भने राजपत्राङ्कति अधिकृतहरुको लागि मात्र गरम र जाडो मौसममा उपलब्ध गराईएको सेरिमोनियल ड्रेस अवोप्रान्त सेरिमोनियल कार्यक्रमहरुमा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत उपलब्ध गराईने व्यवस्था गरिएको छ ।
सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीहरुलाई २ वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा प्रत्येक वर्ष उनीहरुलाई सेतो टेरिकटन स्क्रब समेत थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्