काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाएका छन् ।

आज नेपालमा रहेको चिनियाँ दूतावासका अधिकारीले चिनियाँ प्रधानमन्त्री खछ्याङको बधाई सन्देशसहितको पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
कार्यकालको शुभकामनासहितको बधाई पत्रमा प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध थप मजबुत हुने अपेक्षा लिइएको उल्लेख छ ।
यस्तै चिनियाँ प्रधानमन्त्रीले नेपालको स्थायित्व, विकास र समृद्धि चीन सधैं साथमा रहने उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानको अपेक्षा रहेको बताए ।
प्रचण्डको नेतृत्वमा नेपालमा दिगो सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण काम हुने अपेक्षा रहेको चिनियाँ समकक्षी खछ्याङले उल्लेख गरेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।














