Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सरकार विस्तारको तयारीदेखि एमडिएमएस लागू नहुनेसम्म


693
Shares

१, अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नहुने, एमडिएमएसको चौतफी विरोध भएपछि सरकार पछि हट्यो, सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीद्वारा तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन ।


२, काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो, गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम थाल्यो, अध्ययन गर्न साढे तीन वर्ष लाग्ने, काठमाडौँ हुँदै पोखरा वा लुम्बिनीसम्म अध्ययन गर्ने भनेपनि तत्कालका लागि त्यो योजना नरहेको रेल विभागको भनाइ ।


३, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल ।


४, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन, प्रहरीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन मन्त्रालयबाट सहयोग र सहजिकरण गर्ने भनाइ ।


५, रणनीति मिलाउन नसक्दा नेपाली कांग्रेसले सरकार गुमाउनुपरेको डा शशाङ्क कोइरालाको भनाइ, पार्टीले रणनीति नमिलाएर दुर्घटना भएको टिप्पणी, ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने देउवाको सोचले अघिल्लो सत्ता गठबन्धन फुटेको अभिव्यक्ति ।


६, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूतद्वारा प्रधानमन्त्रीलाई हस्तान्तरण, नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल ।


७, पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने, उक्त नियम आगामी माघ १ गतेदेखि लागु गर्ने आन्तरिक राजस्व विभागको तयारी, मदिरा, बियर, वाइन, स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानहरू, चुरोट उत्पादन गर्न प्रतिष्ठान र गुट्खा उद्योगहरूले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने ।


८, ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन, केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा मृत्यु ।


९, पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारको जित, किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँ नाईट्स ३५ रनले पराजित, एक सय ५१ रनको लक्ष्य काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमा समेटियो ।


१०, चीनबाट आउने मानिसलाई अमेरिकामा कडाइ, बेइजिङले सीमा नाकाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाले चीनबाट आउने व्यक्तिहरूमा कोभिड परीक्षण गर्ने, इटाली, जापान, ताइवान र भारतले पनि चीनबाट आउने मानिसहरूमा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउने ।

प्रतिक्रिया दिनुहोस्