काठमाडौं । नेकपा माओवादी केन्द्रले आज वागमती प्रदेश संसदीय दलको नेता चयन गर्दैछ । दलको नेता चयन गर्न शुक्रबार काठमाडौंमा बसेको बैठकमा सहमति नजुटेपछि शनिबार सारिएको हो ।

शुक्रबारको बैठकमा पोलिटब्युरो सदस्य तथा पूर्वसंसदीय दलका नेता शालिकराम जम्कट्टेल, पूर्वमन्त्री युवराज दुलाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेता गंगानारायण तुलाधरले दाबी नछोडेपछि बैकठ निस्कर्षविहिन टुंगिएको थियो ।
आज दलको नेता टुंगो लगाउन दिउँदो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । आजको बैठकले सर्वसम्मति वा प्रक्रियाबाट दलको नेता चयन गर्ने माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामीमगरले बताए ।
उनले आज कुनैपनि हालतमा दलको नेता निश्चित हुने बताएका छन् । उनका अनुसार सहमति भएको अवस्था र निर्वाचन भएको अबस्थामा समेत आजको बैठकले दलको नेता चयन गर्नेछ ।











