
काठमाडौं । नेपाली कांग्रेसका क्रन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली राजनितिमा बाहिरी हस्तक्षप बढेको बताएका छन्
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको बताए ।
नेता खाणले संसदको ठूलो दल भएपनि प्रतिकुलताकै कारण सत्ता बाहिर रहनुपरे पनि अबको ध्यान पार्टीलाई सुदृढ र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु रहेको बताए।
उनले राजनीतिक रूपमा आउने उतारचढावबाट आत्तिने र मात्तिने नभइ कमी कमजोरीहरूलाई सच्चाएर अगाडि बढ्नुपर्ने बताए। ‘सरकारमा रहँदा सबै ध्यान सरकार संचालनमै केन्द्रित हुन्छ, अबको काम भनेको पार्टीलाई कसरी रुपान्तरण गर्न सकिन्छ र बलियो शक्तिको रूपमा स्थापित गर्न सकिन्छ भन्ने नै हो,’ उनले भने ।
नेता खाणले अहिले सरकार बाहिर रहनु परेपनि सरकारमा पहुँच बढाउने रणनीतिमा भने पछाडि नहट्ने बताए । नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक पद्धति नै कमजोर हुने दावी गर्दै खाणले लोकतन्त्रलाई बलियो बनाउन पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।
उनले प्रतिष्ठानले बिपी बाटीकामा निर्माण गरेको स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण गरेका छ ।














