Logo
Logo

प्रकाशशरणले मलाई झम्टेका होइनन् : पूर्णबहादुर


11.3k
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात गर्न कोसिस नगरेको प्रष्टिकरण दिएका छन् । 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा महत र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् ।

शनिबार उनले ट्वीटरमार्फत आफूहरूबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको बताए । खड्काले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्