Logo
Logo

माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव आएको छैन : जगन्नाथ


2.5k
Shares

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताएका छन् ।शनिबार स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षलाई यस प्रकारको कुनै पनि कुरा नआएको खतिवडाले जानकारी दिए । 

‘उनले अघि भने, ‘पार्टी अध्यक्षसँग त्यस प्रकारको प्रस्ताव कसैले गरेको पनि छैन । औपचारिक र अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा भएको छैन ।’

पार्टी विलय वा एकीकरण गर्नेतिर आफूहरू नलागेको उनले बताए । पार्टी सुदृढीकरणमा नै आफूहरूको ध्यान केन्द्रित रहेको खतिवडाले बताए ।सरकारमा जाने वा नजाने विषयमा आजदेखि पोलिटब्युरो बैठक सम्ममा पुगेर रायसल्लाह लिने काम हुने उनले बताए । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । 

प्रतिक्रिया दिनुहोस्