Logo
Logo

प्रहरीले उजुरी नलिएको गुनासो आएपछि गृहमन्त्रीलाई सिकेको फोन


30.6k
Shares

सप्तरी । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरीमा प्रहरीले उजुरी नलिएको भन्दै गृहमन्त्री रवि लामिछानेलाई फोन गरी जानकारी गराएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राउतले आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको बताएका हुन् । 

उनले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन् । त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पीडित महिलासमेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु ।’

एक महिलाको कपाल खौरिदिएको घटनामा पीडित महिला प्रहरीसमक्ष पुग्दा समेत उजुरी नलिएको गुनासो समेत आएको उनले उल्लेख गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्