Logo
Logo

अख्तियारको फन्दामा दुई सई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एक सईलाई घुससहित पक्राउ गरेको छ भने अर्काविरुद्ध मुद्दा दायर गरेको छ ।


महानगरीय प्रहरी वृत्त थलीका सई विपिनचन्द्र पन्त पाँच हजार घुससहित पक्राउ परेका हुन् । सो प्रभाग हेर्ने बौद्ध वृत्तका डिएसपी रमेशबहादुर सिंह नै विगतमा घुससहित पक्राउ परेका अधिकृत हुन् । अदालतमा सेटिङ मिलाएर सफाई पाएपछि उनी चलखेलकै आधारमा बौद्ध सरुवा भएका थिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत सई पुष्पा कुमारी केसीविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा उनले जागिर खाएको पुष्टि भएपछि आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्