Logo
Logo

एकीकृत समाजवादी बागमतीले सोमबार दलको नेता चुन्ने


819
Shares

हेटौँडा । नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले सोमबार अर्थात पुस १८ गते संसदीय दलको नेता चयन गर्ने भएको छ ।
वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् ।

पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारी रहेको एकीकृत समाजवादीले जनाएको छ ।

आइतबारस्थायी कमिटी बैठक बोलाइएको र सोमबारसम्ममा दलको नेता चयन हुने चितवन प्रदेशसभा (१)बाट निर्वाचित कृष्णप्रसाद खनाल शर्माले बताए । उनले भने, ‘आज नभए भोलिसम्ममा दलको नेता चयन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्