Logo
Logo

सशस्त्र प्रहरीमा कूटनीतिक र राजनीतिक भेटघाट गर्न अनुमति अनिवार्य



काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटमा कडाइ गरेको छ ।

सशस्त्र प्रहरीले शनिबार कर्मचारीका लागि कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको हो ।

उक्त आदेश अनुसार सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र लिएर जानुपर्नेछ ।

कूटनीतिक भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कूटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पूरा गर्नुपर्ने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलभित्रको सांगठनिक, व्यक्तिगत भेटघाट र सञ्चारमाध्यमसँग सम्पर्क एवं अन्तर्वार्ताको लागि पनि स्वीकृति लिनुपर्नेछ ।

स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरण सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीबाहेकले सञ्चारमाध्यममा सूचना संप्रेषण वा अन्तर्वार्ता दिनुपरे प्रवक्ता मार्फत महानिरीक्षकको स्वीकृति लिनुपर्ने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्