पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आइतबार एक समारोहबीच दिप बालेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।

आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन् । विमानस्थलको उद्घाटनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन् ।
अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४सै घण्टा सञ्चालन गर्न सकिने उनले बताए । विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने उनको विश्वास छ । विमानस्थल उद्घाटनको अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो ।











