Logo
Logo

अख्तियारद्वारा बिक्रम पाण्डेविरुद्धको भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन




काठमाडौं । राप्रपाका सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।


सो मुद्दामा उनी लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वाेच्च पुगेको हो ।


सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा गत ५ असारमा सफाइ दिएको हो ।


मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । चितवन ३ बाट विजयी समेत भए । सर्वाेच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्