Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सर्वदलीय बैठक आह्वानदेखि शेयर बजारमा हरियालीसम्म


1.2k
Shares

१, पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा, प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’द्वारा विमानस्थलको उद्घाटन, विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रशंसा, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने भनाइ ।

२, सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेकपा एकीकृत समाजवादी अनिर्णीत, दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले सरकारबारे निर्णय गर्न सकेन, निर्णय गर्न पोलिटब्युरो बैठक बोलाइयो, सोमबार बिहान ११ बजे बस्ने बैठकले पार्टीका आगामी योजना तय गर्ने ।

३, संघीय संसद् सचिवालयद्वारा पुस २२ गते सर्वदलीय बैठक आह्वान, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक बोलाए, प्रतिनिधि सभाको बैठक सञ्चालन, बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लागयतका विषयमा छलफल गरिने ।


४, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबन्ने, प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढ बनाउनमा भूमिका खेल्ने, वर्तमान सरकार गठन भएपछि जनतामा आशा जागेको दाबी ।


५, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता, आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको अभिव्यक्ति ।


६, सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, खेलले अनुशासन सिकाउने भएकाले मानिसलाई सफल बन्न मद्दत गर्ने अभिव्यक्ति, खेलकुदमन्त्री बनेपछि खेल विषयमा कुरा गर्ने आश्वासन, राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड ।


७, दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता, कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लाग्यो, नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा कायम, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुग्यो ।


९, काठमाडौंमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौं नाइट्स विजयी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर रोयल्स ९० रनले पराजित, काठमाडौँले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो ।


१०, फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र, मनिलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन केन्द्रमा प्राविधिक समस्या, मनिलाबाट बाहिरिने र भित्रिने ३६० भन्दा बढी उडान रद्द, अवरूद्ध र अन्यत्र पठाउनु परेको हुँदा करिब ५६ हजार यात्रु प्रभावित ।

प्रतिक्रिया दिनुहोस्