Logo
Logo

आगामी रणनीति तय गर्न नेसपाकाे बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी ( नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । सो पार्टीका नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्