
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपणियताको शपथ लिँदैछन् ।
आज दिउँसो १२:३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा माया र प्रेमले प्रतिनिधिसभा सांसदको शपथ लिन लागेका हुन् ।
पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम छ।














