Logo
Logo

‘अब कमजोरी कसैलाई पन्छ्याएर उम्किन मिल्दैन’


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गरेका छन् ।

विभिन्न मन्त्रालयका सचिव तथा विभागका प्रमुखहरुको ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशनात्मक सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्रीले कर्मचारीहरु स्थायी सरकार भएकाले सोहीअनुसार जिम्मेवारी बहन हुनुपर्ने बताएका छन् ।

उनले अहिलेको अवस्थामा आफू ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि नागरिकका दैनिक आवश्यकता र सार्वजनिक सेवा प्रवाहका विषय, विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रित हुने हुने भन्दै कर्मचारीहरुलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अब कमजोरी अरुलाई पन्छ्याएर कर्मचारीहरु उम्किन नमिल्ने भन्दै चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राजस्व संकलन लक्ष्यभन्दा धेरै कम भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राजस्व संकलन हुने ठाउँमा करदाता ९सेवाग्राही०ले लामो लाइन लाग्नुपर्ने, सास्ती खेप्नुपर्ने अवस्था चिन्ताजनक रहेको भन्दै त्यसमा तत्काल सुधारका लागि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्