Logo
Logo

सरकारमा सहभागिताबारे एकीकृत समाजवादी अझै अन्योल


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा सरकारमा जाने विषयलाई लिएर अझै अन्योल देखिएको छ । सोमबार र मंगलबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयलाई त्यसबारे निर्णय लिने अधिकार प्रत्यायोजन गरेको छ ।

बैठकको निर्णय सुनाउँदै उपमहासचिव जगन्नाथ खतिवडाले सरकारका सन्दर्भमा अझै धेरै कुरा बुझ्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले देश र जनताको हितमा के कस्ता कार्यक्रम ल्याउँछ, त्यसलाई पनि हेर्नुपर्ने बताए ।

‘गठबन्धनको सरकारको बारेमा हामीले व्यापक छलफल गरेका छौँ। र अन्त्यमा निर्णय गरिएको छ– यसबारेमा थप आवश्यक अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के कस्ता कार्यक्रम ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के कस्तो रहनेछ भनेर अझै धेरै कुरा बुझ्नुपर्ने भएको हुनाले यसको अन्तिम निर्णय गर्नका लागि पनि केन्द्रीय सचिवालयलाई पोलिटब्युरोले अधिकार प्रदान गरेको छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्