Logo
Logo

एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने


1.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार सकिएको बैठकले सचिवालयलाई जिम्मेवारी दिएको हो ।

बैठकको निर्णय सुनाउँदै उपमहासचिव जगन्नाथ खतिवडाले वामपन्थी एकता र सहकार्यका लागि सधैँभरि प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको बताए ।

 ‘हाम्रो पार्टी वामपन्थी एकता, सहकार्य र वा मोर्चा बनाउनुपर्छ भन्नेमा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ । त्यसका लागि केन्द्रीय सचिवालयलाई अनुमति प्रदान गरेको छ’, खतिवडाले भने । 

प्रतिक्रिया दिनुहोस्