Logo
Logo

नेप्से झिनो अंकले ओरालो 


945
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अंकले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झरेको  छ । 

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ३९ अंकले ओरालो लागेर तीन सय ९४ दशमलब ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ । 

यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ बराबरको कारोबार भयो । एनआईसी एशिया बैंक रु नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक रु नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनर्बीमा कम्पनी रु आठ करोड तीन लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गंगा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्युरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको शेयर मूल्य सात दशमलब ७३ प्रतिशतले बढेको छ । 

त्यस्तै, बिन नेपाल लघुवित्त पाँच दशमलब ५९, बोटलर्स नेपाल तराई लघुवित्त पाँच दशमलब ५४, दोर्दी खोला जलविद्युत् तीन दशमलब ४४, पिपल्स पावर कम्पनी तीन दशमलब ४० र हिमालयन बैंकको शेयर मूल्य  तीन दशमलब ३२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्