Logo
Logo

गृहमन्त्रीले सशस्त्र प्रहरीलाई झुक्याए !




काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गत शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगे । त्यसको भोलिपल्ट सशस्त्र प्रहरी प्रधान कार्यालय जाने कार्यक्रम तय भएको थियो । तर, कार्यव्यवस्थाका कारण रद्द गरे ।


आइतबार जाने कार्यक्रम तय भयो । आइतबार पनि जान सकेनन् । यसरी भोलि भन्दा भन्दै पाँच दिन बिताइसकेका छन् । शनिबार आउने भएपछि सशस्त्र प्रहरीले हतार हतार ध्वजा र फुल राखेर गेट सजाएको थियो । तर, गृहमन्त्रीले ‘धोका’ दिएपछि अहिले हटाइएको छ । ‘आज आउने भोलि आउने भनेर तयारी अवस्थामा बसियो,’ सशस्त्रका एक अधिकारी भन्छन्,‘तर आजसम्म उहाँले स्थगित गरिरहनुभएको छ ।’ नयाँ गृहमन्त्रीलाई प्रहरी मुख्यालयमा निरीक्षण गर्न लगाएर ब्रिफिङ गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्