Logo
Logo

एक महिनाभित्र सडकका खाल्डा पुर्न यातायातमन्त्रीको निर्देशन


2.1k
Shares

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक महिनाभित्र सडकका खाल्डा पुर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ कार्यक्रममा मन्त्री श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन’, उनले भने । यसको लागि राजनीतिज्ञ र कर्मचारीले  सुशासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा मन्त्री श्रेष्ठको जोड रहेको छ ।  

उनले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन्  । जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउँदै मन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्