Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

प्रधानमन्त्रीको निर्देशनदेखि क्रिकेटमा म्याच फिक्सिङसम्म


1.1k
Shares

१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन, ठूला नीतिगत र दीर्घकालीन विषयभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषय तथा विकास निर्माण र आयोजना सञ्चालनका विषयमा जोड ।


२, नेकपा एकीकृत समाजवादीमा सरकारमा जाने विषयलाई लिएर अझै अन्योल, सरकारबारे निर्णय गर्ने र वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई, केन्द्रीय सचिवालयले आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय गर्ने ।


३, सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जनता समाजवादी पार्टी (जसपा)को निर्णय, मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने ।

४, मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझायो प्रतिवेदन, मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने सुझाव ।


५, राहदानी (पासपोर्ट) छपाइ तथा वितरण अनिश्चित कालसम्मका लागि बन्द, गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै राहदानी विभागले राहदानी छपाइ र वितरण कार्य रोक्यो, विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको विभागको भनाइ, राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध ।


६, सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले थाले पहल, एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण, कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन ।

७, राष्ट्रिय सहमति आजको आवश्यकता भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता भएको ठहर, प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको अभिव्यक्ति ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो, नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ३९ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ६२ मा सीमित ।


९, नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले थाल्यो अनुसन्धान, नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढायो, पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन ।


१०, टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान, सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरे, कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य ।

प्रतिक्रिया दिनुहोस्