Logo
Logo

पश्चिम नवलपरासीका इन्चार्ज एसपीमाथि छानविन


2.6k
Shares

काठमाडौं । कमाण्ड राम्रो नगरेको र आर्थिक अनियमितता गरेको आरोप लागेपछि पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

उनलाई प्रधान कार्यालय तानेर छानबिन सुरु गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिएका छन् । प्रवक्ता राईका अनुसार कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएकाले प्रधान कार्यालय तानिएको हो । साथै, कँडेलमाथि आर्थिक अनियमितता गरेको समेत आरोप लागेको उनले बताए ।

कँडेलको स्थानमा अहिलेसम्म कसैलाई पठाइएको छैन । छानबिन गरी निर्दोष देखिए उनैलाई पठाइने प्रवक्ता राईले बताए । उनले भने, ‘छानविन सुरु भएको छ । यदि निर्दोष पाइएका उनैलाई पठाइने छ ।’

प्रतिक्रिया दिनुहोस्