Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांगेसले शनिबार अपरान्ह १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको हो ।

पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए ।

कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्