Logo
Logo

सुदूरपश्चिम प्रदेशमा पुस २८ गते सभामुखको निर्वाचन


693
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार सचिवालयले सूचना जारी गर्दै २८ पुसमा सभामुखको निर्वाचन तय गरिएको जानकारी दिएको हो ।

सचिवालयको सूचनाअनुसार २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्नेछन् । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

२८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले २ माघमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्