काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार ९०० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६०० मा कारोबार भएको थियो ।
यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












