काठमाडौं । नेपाली कांग्रेसले माओवादीले गर्दा गठबन्धन टुटेको बताएको छ । आज पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतोले प्रचण्डले गर्दा गठबन्धन टुटेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै महतले भने, ‘हामी गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रतिवद्ध थियौं । तर माओवादीले एमालेसँग मिलेर सरकार बनाउने भएपछि गठबन्धन टुटेको हो । माओवादी गठबन्धनप्रति इमानदार हुन सकेन । प्रचण्डबाट धोका भयो ।’
प्रवक्ता महतले सबैभन्दा ठुलो दल भएर पनि सत्ता बाहिर बस्न परेको अवस्थाबारे २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा हुने बताएका छन् ।














