Logo
Logo

 प्रधानमन्त्री दाहालद्वारा नयाँ भवनको संरचना अवलोकन


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् । 

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचांै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । उनले भवनबाट सिंहदरबारस्थित अन्य भवन तथा संरचनासमेत अवलोकन गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताएका थिए । 

मुख्य सचिव शंकरदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्