Logo
Logo

 नेपाल टी-ट्वान्टी लिग क्रिकेट : लुम्बिनी अल स्टार विजयी


567
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौंलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो । 

काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले  १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई/दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७,  अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए । 

जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अंकसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाडौंले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अंक जोडेको छ ।  काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्