Logo
Logo

डिएसपी केसीमाथि छानबिन गर्न समिति गठन




काठमाडौं । निलम्बित डिएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति बनेको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी चन्द्रकुबेर खापुङको नेतृत्वमा समिति गठन गरेको हो ।


गत साता केसी स्रोत नखुलेको नगद र सुनसहित पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा अकुत आर्जनको आरोप उनीमाथि लागेको थियो ।


उनलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । उनको अनियमितताबारे छानबिन गर्न समिति बनेको हो । समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाहीदेखि बर्खास्तीसम्मका विषय टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्