Logo
Logo

विवादास्पद एसपीमाथि प्रहरी मुख्यालयको छानबिन




काठमाडौं । प्रहरीका भ्रष्ट अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । बुटवलका डिएसपी ठगबहादुर केसीपछि पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि छानबिन सुरु भएको छ ।


तस्करीको लाइन खुलाएको लगायतका आरोपमा उनीमाथि छानबिन सुरु भएको हो । उनले पैसा उठाउन घटाएका घुमुवाको बयानका आधारमा एसपी कँडेलमाथि छानबिन सुरु भएको हो । सोधपुछका लागि उनलाई प्रहरीको छानबिन शाखाले काठमाडौं बोलाएको छ ।


यसअघि नै उनी अनेक काण्डमा परिसकेका छन् । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजनाथ गुप्तासँग मिलेर दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाएको घटनामा उनीमाथि यसअघि नै छानबिन भएपनि कारबाही रोकिएको थियो । कांग्रेस नेताहरुको संरक्षणमा कारबाही रोकिएको थियो । त्यतीबेला कांग्रेस नेताहरुको संरक्षणमा रहेकाहरु कांग्रेस सरकारबाट हटेपछि अहिले धमाधम कारबाहीमा पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्