Logo
Logo

सशस्त्र प्रहरीका चार प्रदेश प्रमुखलाई आईजीपीले किन बोलाए हेडक्वार्टर ?



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखलाई हेडक्वार्टर बोलाएका छन् ।

सीमामा तस्करी नियन्त्रणबारे छलफल गर्न आईजीपीले प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई हेटक्वार्टर बोलाएका हुन् ।

सीमानामा तस्करी रोक्ने कार्यलाई कसरी थप प्रभावकारी बनाउने भनेर छलफल गर्नका लागि आईजीपीले बाहिनीपतिहरुलाई हेडक्वार्टर बोलाएका हुन् । प्रधानमन्त्री र अर्थमन्त्रीले राजश्व सन्तोषजनक रुपमा उठ्न नसकेको गुनासो गरेपछि आईजीपी अर्यालले प्रदेश प्रहरी प्रमुखलाई नै हेडक्वार्टर झिकाएका हुन् ।

राज्यलाई परेको आर्थिक संकट टार्न सीमानामा खटिने जनशक्तिको महत्वपुर्ण भूमिका हुने भन्दै तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आईजीपी अर्यालले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्