Logo
Logo

सुधारको पहल नगरे अर्थतन्त्र संकटमा फस्छ : धनराज


630
Shares

झापा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक संकटमा फस्ने बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औं स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक संकटतर्फ धकेलिएको बताए । 

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौं समस्या झेलिरहेको बताए । एक फरक प्रसंगमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे । ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो । उनले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेस बिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्