Logo
Logo

गृहमन्त्रीलाई डिआइजीको चुनौती


8k
Shares


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यसविपरीत भेटेको पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए ।


तर, उनको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् । तर, कसैलाई पनि कारबाही हुन सकेको छैन ।


प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी फुलको गुच्छा लिएर एक सांसदलाई बधाई दिन गएको फोटो सार्वजनिक भएको छ । डिआइजी भिम ढकाल यसरी सांसद एकनाथ ढकालको चाकडीमा पुगेका हुन् । विवादापस्पद पृष्ठभुमीका नेता ढकाल एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेका हुन् । उनै नेता ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । यसरी प्रहरीले गृहमन्त्री बाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन पाउने व्यवस्था छैन । तर, ढकालले भने गृहको निर्देशन लत्याउदै नेताको चाकडीमा लागेका छन् । अन्य प्रहरी अधिकारीहरुले पनि गोप्य रुपमा बढुवाका लागि नेतालाई भेटिरहेको स्रोत बताउँछ ।

उता डिआइजी ढकालले भने आफुले आचारसंहिता उल्लंघन नगरेको बताए । एकनाथ ढकाल आफ्नो आफन्त पर्ने भएकाले भेट्न गएको उनको भनाई छ । नेताका रुपमा नभई आफन्तका रुपमा भेटघाट भएको उनको प्रष्टिकरण छ ।

प्रतिक्रिया दिनुहोस्