Logo
Logo

घुस खाने डिएसपीलाई विभूषण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
घुस प्रकरणमा जागिर गएर फेरि जागिरमा फर्किएका एक डिएसपीलाई सरकारले विभूषण दिने निर्णय गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत डिएसपी रमेशबहादुर सिंहलाई विभूषण दिइएको हो ।


इन्सपेक्टर हुँदा ललितपुरमा उनी रंगेहात घुससहित पक्राउ परेका थिए । करिब दुई वर्ष निलम्बनमा परेपछि अदालतमा सेटिङ मिलाएर सफाई पाएका थिए । जागिरमा जोडिएलगत्तै चलखेलकै आधारमा डिएसपी भएका उनलाई प्रहरी नेतृत्वले इप्रका कोहलपुर पठाएको थियो । त्यहाँबाट फेरि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको छ । उनै सिंहलाई नेपाल प्रताप सुभुषण दिने निर्णय भएपछि इमान्दारहरुको दिन सकिएको चर्चा प्रहरीमा छ ।
डिएसपी सिंह बौद्ध वृत्तमा सरुवा भएलगत्तै प्रहरीको असुली धन्दा बढीसकेको छ । तीन दिनअघि मात्र थलीका सई घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्