Logo
Logo

सुनको मूल्य प्रतितोला एक लाख ३ हजार एक सय पुग्यो


630
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज (बिहिबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार एक सय कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख २ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्