Logo
Logo

बाँदरको समस्या समाधान गर्न सांसद किराँतीको आग्रह


567
Shares

काठमाडौं । सांसद सुदन किराँतीले आम किसानहरुको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर उनले किसानका बालीमा बाँदर समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई बधाई दिँदै बाँदरको समस्या समाधान गर्न सुझाव दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

साथै, प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न गराउने, स्थानिय तहबाटै नागरिकता, मालपोत, सवारी लाइसेन्स, पासपोर्ट जस्तो विषयमा सेवा प्रदान गर्नेबारे छलफल भएको उनले बताएका छन् ।

भोजपुरबाट तेस्रोपटक प्रतिनिधिसभा सांसद निर्वाचित भएका किराँती यो पटक मन्त्री बन्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्